२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

भिजन लुम्बिनी उर्जाको आईपीओमा कति पर्यो आवेदन ? यस्तो पछिल्लो अपडेट

१९ कात्तिक, काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा ८५ करोड ५ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार कम्पनीको आईपीओमा आज बिहान १०ः०८ बजेसम्म ७ लाख २१ हजार २१३ जनाले ८५ लाख ५ हजार ३६० कित्ता सेयका लागि आवेदन दिएका हुन् ।

कम्पनीले कात्तिक १६ गतेबाट सर्वसाधारणका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी रहेको १५ लाख ८७ हजार ३७५ कित्तामा स्थानीयलाई बिक्री हुन बाँकी ४ लाख ८७ हजार ९१० कित्ता जोडेर २० लाख ७५ हजार २८५ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्ताका लागि छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीको आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 12:30