२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भूकम्पले जाजरकोटमा मात्रै नलगाढ नगरपालिकाकी उपप्रमुखसहित ५० बढीको मृत्यु

१८ कार्तिक, काठमाडाैँ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७, १२:०८,१२:२९,१२:३५ गरी ४ पटकको क्रमश: ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भुकम्पका कारण ठूलो मानवीय क्षति भएको छ । भूकम्पमा परेर नेपाली कांग्रेसकी नेतृ समेत रहेकी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख उपप्रमुख सरिता सिंह सहित ५० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले उपप्रमुख सिंह घरमै सुतिरहेको समयमा भूकम्पमा परेको जानकारी दिएका छन। यस्तै गए रातिको भूकम्पमा परी रुकुम पश्चिमकोको आठविसकोट नपा ११, १२, १३ र १४, सानी भेरी गाउँपालिकाको वडा नम्बर १, २ र ४ तथा चौरजहारी नगरपालिकामा ३६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको सशस्त्र प्रहरीका समहायक प्रवक्ता डिएसी शैलेन्द्र थापाले जानकारी दिए ।

भूकम्पका कारण भत्किएको घर र घर भत्किदाँ मृत्यु भएकी नलगाढ नगरपालिकाका उपप्रमुख सिंह ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०६:२९