२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

होटल फरेस्टले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

१७ कात्तिक, काठमाडौं । होटल फरेस्ट इन लिमिटेड आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै कात्तिक १५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता आईपीओ बिक्री गर्नका लागि बोर्डमा आवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ जारारी गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : 17:12