५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

वाणिज्य बैंकको नाफाः ११ बैंकको घट्दा ८ बैंकको बढ्यो, कुन बैंकको कति ?

१७ कात्तिक,काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा वाणिज्य बैंकको नाफा घटेको छ । अर्थतन्त्रमा शिथिलता आउँदा अधिकांश वाणिज्य बैंकको नाफा घटेको हो

यो अवधिमा बैंकहरूले  कुल १३ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले १३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेका थिए । जुन गत आवको सोही अवधिको तुलनामा १९ करोड ४४ लाख रुपैयाँ कमी हो ।

पहिलो त्रैमाससम्ममा ११ वटा बैंकहरूको नाफा घटेको छ भने ८ बैंकको नाफा बढेको छ  । समिक्षा अवधिमा सरकारी स्वामित्वको कृषि विकास बैंक ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा गएको छ । अघिल्लो वर्षको सो अवधिमा भने बैंकले २२ करोड रुपैयाँ नाफा गरेको थियो ।

यसैगरी, यो अवधिमा एभरेष्ट बैंकको नाफा ९.४४ प्रतिशतले बढेको छ । साथै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ३१.०३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको नाफा ७९.५३ प्रतिशत, सानिमा बैंकको नाफा ११.९१ प्रतिशत, नेपाल बैंकको नाफा ७६.४३ प्रतिशत, नबिल बैंकको नाफा ६.५० प्रतिशत, नेपाल एसबिआई बैंकको नाफा २३.६१ प्रतिशत, सिटिजन्स बैंकको नाफा १९.७० प्रतिशत, एनआईसी एशिया बैंकको नाफा ४२.४८ प्रतिशत, कुमारी बैंकको नाफा ७३.६४ प्रतिशत र सिद्धार्थ बैंकको नाफा ९१.३९ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे बैंकको नाफा २०.१८ प्रतिशत, प्राइम बैंकको नाफा ३१.७२, एनएमबि बैंकको नाफा ६.५३, ग्लोबल आईएमइ बैंकको नाफा ३.०४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३३.४६, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ प्रतिशत, हिमालयन बैंकको नाफा ९८.३५ प्रतिशत र प्रभु बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १३:०८