९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

२०.१८ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, ब्याज आम्दानी कति ?

१७ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ५४ करोड २२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन नाफा गत आवको सोही अवधिको तुलनामा २०.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ४५ करोड ११ लाख रुपैयाँ थियो।

बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ९८ पैसा रहेको छ। अघिल्लो वर्ष १ अर्ब ५४ करोड रुपैयाँ थियो। यो अवधिमा बैंकको सञ्चालन मुनाफा २१।६५ प्रतिशतले बढेर ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ६४ करोड ४० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशतले घटेर १ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४७ करोड रुपैयाँमा सीमित थियो।

बैंकको खराब कर्जा अनुपात (एनपीएल)  भने १.३० प्रतिशतबाट बढेर २.५६ प्रतिशत पुगेको छ।  बैंकले १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्तापुँजी ११ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ११.२४ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ १३ पैसाले बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ । अघिल्लो वर्ष बैंकको ईपीएस १५.५३ रुपैयाँ रहेको थियो। पीई रेसियो ११.०९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रकाशित मिति : November 3, 2023 at 11:16 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/