२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ४२ प्रतिशत माथि, अन्य सूचक कस्ता ?

१७ कात्तिक, काठमाडौं ।  एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ७८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.४५ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ८६ करोड २२ लाख रुपैयाँ थियो।

वितरणयोग्य नाफा ४ अर्ब ५२ करोड १० लाख रुपैयाँ रहेको छ । सो रकमबाट यसले ४२.२६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । यो अवधिमा बैंकको सञ्चालन मुनाफा ९.४५ प्रतिशतले घटेर १ अर्ब ११ करोड रुपैयाँ सिमित रहेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३२ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड रुपैयाँमा सीमित थियो। चुक्तापुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४६ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.९० प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्ममा बैंकले २ खर्ब १३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब बढी कर्जा परिचालन गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४५ पैसाबाट बढर २९ रुपैयाँ १९ पैसा पुगेको छ ।  त्यसैगरी, प्रतिसेयर नेटवर्थ ४ रुपैयाँ ९८ पैसाले घटेर २४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १०:२३