१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सर्वोच्चद्धारा रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न परमादेश

१६ कात्तिक, काठमाडाैं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए। त्‍यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

प्रकाशित मिति : November 2, 2023 at 3:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/