२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

डलरको भाउले फेरी बनायो नयाँ रेकर्ड

१६ कात्तिक, काठमाडाैं ।  अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ भने खरिददर मूल्य १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ । यो हालसम्मकै महँगो हो।

बुधबार डलरको भाउ १३३ रुपैयाँ ५१ पैसा थियो। बिहीबार ६ पैसाले बढेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने छ।  डलरका कारण पेट्रोलियम पदार्थको मूल्य समेत बढ्दा त समग्र ढुवानी लागत बढ्ने भएकाले सबै वस्तु तथा सेवाको मूल्य बढ्न जान्छ । डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ।

प्रकाशित मिति : November 2, 2023 at 11:10 am