३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

१४ कात्तिक, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.०४ अंकले बढेर १८७८.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४१ अंकले घटेर १८७८.२८ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा १० स्टकको २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको ७८२ कित्ता सेयर कारोबार भएको छ। यस दिन ३ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : October 31, 2023 at 11:00 am