२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

कम्बोडियामा ३ हजार करोड लगानी गरेको प्रमाणित गर्नुस्, एक हजार थपेर दिन्छुः केपी ओली

१३ कात्तिक, पोखरा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा तीन हजार करोड लगानी गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।

पोखरामा सोमबार एमाले गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बारे पत्ता लगाउन चुनौती दिएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’

आफू र एमालेलाई बदनाम गराउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीले बताए । उनले पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए।

मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए । उक्त विषयमा अध्यक्ष ओलीले जवाफ दिँदै प्रमाणित गर्न चुनौती दिएका हुन् ।

पेट र मुख छ भनेर जे पनि खान्छ भन्ने नभएको भन्दै उनले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताए ।

प्रकाशित मिति : October 30, 2023 at 6:46 pm