९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

ईसेवाको नाममा ठगी, पाँच जना पक्राउ

१२ कार्तिक, काठमाडौँ । प्रहरीले  ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ईसेवाको नाममा ठगी गर्ने पाँच जनालाई पक्राउ गरेको हो ।

उनीहरूले ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जनाबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबर ठगी गरेको प्रहरीले जनाएको छ । ठगीमा संलग्न पाँच जनालाई नै रौतहटका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका ५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका ६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेको प्रहरी उरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन ।

उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण, केवासी फारम अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्युर ट्रान्सफर चार्ज नलाग्ने, ५० प्रतिशत क्यास ब्याक दिने भन्दै झुक्याएर ठगी गरेको हो । उनीहरू पाँचै जना रौतहट प्रहरीको समन्वयमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : October 29, 2023 at 5:41 pm