दशैंपछिको सेयर कारोबारमा पनि देखिएन उत्साह, कारोबार रकम ७४ करोडमा सिमित
१२ कात्तिक, काठमाडौं । दशैंपछिको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजारमा उत्साह देखिएको छैन । आइतबार सेयर बजारमादोहोरो अंकको गिरावट आएको छ । नेपाल एक्सचेञ्ज (नेप्से) आज २८.१८ अंककले घटेर १८७६.६५ बिन्दुमा बन्द भएको छ । आज ७४ करोड २९ लाख २५ हजारको कारोबार भएको छ ।
आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको सेयरमूल्य ८.९९ प्रतिशतले बढेर प्रतिकित्ता २६९.२० रुपैयाँ पुगेको छ । सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ४ करोड ८ लाख ५३ रुपैया बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १५:२०












