सानिमा बैंकको १४.७० प्रतिशत लाभांश पारित, कुल निक्षेप १७८.८५ अर्ब
२ कात्तिक, काठमाडाैं । सानिमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार बसेकाे बैंकको १९औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश गरी कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको कम्पनीको कुल सम्पत्ति २१५.६४ अर्ब रुपैयाँ, कुल निक्षेप १७८.८५ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १४९.८७ अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले बृद्धि गरेको छ । सभा कम्पनीका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार १६:२०