१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एभरेष्ट बैंकले सेयरधनीलाई दशैंखर्चसहित १० प्रतिशत बोनस सेयर दिने

३० असोज, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई ‘दशैंखर्च’ सहित बोनस पनि दिने भएको छ । बैंकको आज असोज ३० गते सम्पन्न  २९ औं वार्षिक साधारण सभाले सेयरधनीलाई नगद लाभांशसहित बोनस सेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सभाले सेयरधनीहरुलाई आ।ब २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले प्रस्तावित बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।

बैंकको साधारण सभाले आ.ब २०८०/८१ को लागि एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १५:३५