२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

होटल फोरेष्ट इन लिमिटेडले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा

२९ असाेज, काठमाडाैं । होटल फोरेष्ट इन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न बार्षिक साधारण सभा बोलायएकाे छ । कम्पनीकाे गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको हाे । सभा काठमाडाैंकाे लैनचौरस्थित लैनचौर ब्यांकेटमा अपरान्ह ५ बजेबाट सुरू हुनेछ ।

सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मूख्य प्रस्ताव पारित गर्ने छ । कम्पनीले काठमाडाैंको बूढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : 12:18