१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एनआईसी एशिया बैंकले २९ प्रतिशत बोनस सेयर दिने, चुक्तापूँजी १४ अर्ब ९१ करोड पुग्यो

२८ असोज, काठमाडौँ । एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न भएको छ । बैंकको २६औं वार्षिक साधारणसभा आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको २९ प्रतिशत बोनस सेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) समेत गरी कुल ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उक्त साधारण सभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् कम्पनीको कुल चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ पुगेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात,नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६३१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार १४:३०