१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

२६ असोज, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखेको उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरु उक्त सेयर खरिदका लागि ३५ दिनभित्र  काठमाडौंको लाजिम्पाटस्थित सेयर शाखामा आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनै पनि खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : October 13, 2023 at 10:46 am