छुट्ला है ! एक कम्पनीको ९.६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२५ असोज, काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश सुरक्षित गर्ने आज असोज २५ गते अन्तिम दिन रहेको छ।
लाभांश वितरण प्रयोजनार्थ योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले भोलि असोज २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा काराेबार भए कायम इकाइधनीले मात्रै यो योजनाको लाभांश पाउनेछन्।
योजना व्यवस्थापकले यस म्युचुअल फन्डका इकाइधनीलाई आर्थिक वर्ष २०७९/८०को सञ्चित मुनाफाबाट कुल ९.६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति : October 12, 2023 at 10:51 am









