२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

इजरायलमा रहेका विद्यार्थीकाे उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्ने

२४ असोज, काठमाडौं । द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

गत शनिबार इजरायलमा हमासले गरेकाे आक्रमणको क्रममा त्यहाँ रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोखिममा रहेका २०० भन्दा बढी नेपालीले सरकारबाट उद्धारको लागि याचना गरिरहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १३:३२