भेपमा सुन प्रकरणः राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर
२४ असाेज, काठमाडाैं । इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका राहुल महरासहित चार जनाविरूद्ध मुद्दा दायर भएको छ। अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले चार जनाविरूद्ध मुद्दा दर्ता गराएको हो ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो । निमा भने फरार छन्।
प्रकाशित मिति : October 11, 2023 at 12:10 pm










