२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

इजरायल भ्रमणमा नजान सरकारकाे आग्रह

२३ असोज, काठमाडौं । सरकारले अहिले इजरायल भ्रमणमा नजान आग्रह गरेको छ। परराष्ट्र मन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन्।

मंगलबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा इजरायलमा रहेका नेपालीको अवस्थालगायत विषयमा जानकारी गराउँदै मन्त्री साउदले इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन्। उनले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन्।

मन्त्री साउदले बंकरमा आश्रय लिइरहेका ५५ जना विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सोमबार सुरक्षित स्थानमा सारिएको  जानकारी गराएका छन्।

शनिबार हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। इजरायलमा रहेका नेपालीमध्ये दुई सय जनाभन्दा बढीले नेपाल आउन आवेदन दिएका छन्। इजरायलमा चार हजार पाँच सय नेपाली कामदार छन्। २६५ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १२:२२