२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

एक कम्पनीको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा, तपाईंको आयो त ?

२३ असोज, काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डले नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको छ। सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७९र८०को नगद प्रतिफल असोज २२ गते सोमबारबाट इकाइधनीहरुको बैंक खातामा पठाउन थालेको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ ।

फन्डले आर्थिक वर्ष २०७९र८० को नाफाबाट कर सहित १८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत असोज १३ गतेसम्म कायम इकाइधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा नगद लाभांश पठाउन सुरु गरिएको क्यापिटलले जनाएको छ। नगद प्रतिफल जम्मा भए नभएको यकिन गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ।

साथै, आफ्नो इकाइ धितो राखेका इकाइधनीहरुको हकमा प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवापत्र अनिवार्य पेस गरेपश्चात मात्रै उक्त प्रतिफल बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : 10:36