३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

इजरायली सेना बंकरमा रहेका ११ जना नेपाली विद्यार्थीकाे उद्धारमा जुट्याे

२२ असाेज, काठमाडाैं । बंकरभित्र रहेका ११ जना नेपाली विद्यार्थीको उद्धारका लागि इजरायली सेना पुगेको छ। नेपाली विद्यार्थी लुइस रिजालका अनुसार उनीहरूमध्ये ६-७ जनाको उद्धार भइसकेको र बाँकीको केहीबेरमा उद्धार हुनेछ ।

नेपाली विद्यार्थीहरू शनिबार बिहान ७ बजेदेखि बंकरमा थिए। ११ जनामध्ये ३ जना छात्रा रहेको रिजालले जानकारी दिए। रिजालले भने, ‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ। अब हामीहरू सबैजना मुभ भइरहेका छौं। हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं। हाम्रो केही साथीहरू गइसक्नुभयो। हामी ४–५ जना त्यो गाडीमा अटेनौं,‘अब केही आश पलाएको छ। नेपाल सरकारले एक-दुई दिनभित्र हामीलाई ‘रेस्क्यु’ गरे हुन्छ।’

प्रकाशित मिति : October 9, 2023 at 5:46 pm