२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय

२२ असाेज, काठमाडाैं । सरकारले इजरायलमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका १० जनाको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १७:१९