२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोकको घोषणा

२२ असोज, काठमाडौं । सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।

देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद बैठकले ज्यान गुमाउने नेपालीप्रति  श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेको छ ।

पुनश्चः यसअघि समाचारमा मंगलबार सार्वजनिक बिदा दिइएको भन्ने विषय उल्लेख भएकाले क्षमा याचनासहित सच्याइएको छः सम्पादक

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १७:०३