२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

बेनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्याे अनुमति

१५ असोज, काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएको हो ।

कम्पनीले स्थानीय र सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेकाे छ ।

प्रकाशित मिति : October 2, 2023 at 5:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/