४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

१४ असोज, काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन् । प्रहरीले उनलाई खोजेको बेलामा उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको छ ।

उनलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडाैँले अनुमति दिए पनि अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरिएकाे प्रहरीले जनाएकाे छ । अनमोल केसी रिहा भएपछि निर्माता सुनिलकुमार थापाको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।

उनिविरुद्ध ‘रावायण’ फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले यसअघि नै केसीविरुद्ध पक्राउ पुर्जी लिएकाे थियो।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार २१:२४