२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

रिचेत जलविद्युतले आईपीओ निष्काशन गर्न सेबोनसँग माग्यो अनुमति

१२ असोज, काठमाडौं । रिचेत जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले करिब ११ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएकाे छ ।

धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ४५० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

प्रकाशित मिति : 15:47