५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

साढे १३ करोडको आईपीओ निष्काशन गर्दै नेपाल वेयरहाउजिङ, धितोपत्र बोर्डले दियो अनुमति

१२ असोज, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले साढे १३ करोडको आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरमा १३ करोड ६५ लाख रुपैयाँबराबरको कुल १३ लाख ६५ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएकाे हाे ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई असोज १० गते आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले पहिलो चरणमा कुल सेयर संख्याको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीका लागि जारी गर्नेछ। त्यसपछि बाँकी आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडको रहेको छ। कम्पनीको हालको चुक्तापुँजी रु. ५५ करोड रहेको छ ।  साधारण निष्कासनबाट रु. १३ करोड ६५ लाख जुटाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : September 29, 2023 at 1:23 pm