१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

नबिल ब्यालेन्स्ड फण्ड २ को प्रतिफल घोषणा

१२ असाेज, काठमाडाैं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले प्रतिफल घोषणा गरेको छ। म्युचुअल फण्डले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हाे ।

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हाे। फण्डले १० करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्नेछ। फण्डको कोष प्रबर्धक नबिल बैंक लिमिटेड रहेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्रै फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : September 29, 2023 at 11:48 am