८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

सन नेपाल लाइफ इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

१० असोज, काठमाडौं । साताको पाँचौं कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाले स्टक एक्चेन्च (नेप्से) आज १८.६० अंकले घटेर २००४.३० बिन्दुमा बन्द भएकाे छ ।

आज सेयर बजार घट्दा सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ७ करोड ६१ लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड १९ लाख ३० हजार रुपैयाँ, रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाख २२ हजार रुपैयाँ, शिवम् सिमेन्टको ५ करोड ७९ लाख ६८ हजार रुपैयाँ र नागरिक लगानी कोषको ५ करोड ६२ लाख ९९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १५:१६