१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

ब्रिसवेनमा नेपालीहरुले शुरु गरेको कम्पनिको कार्यालय मन्त्रीले गरे उद्घाटन


अष्ट्रेलिया । अष्ट्रेलियाको नेपाली माझ चर्चित मल्टी डायनामिक रियलस्टेटले २०३२मा ओलम्पिक आयोजना स्थल रहेको ब्रिसवेन शहरमा आफ्नो सेवा बिस्तार गरेको छ । क्वीन्सल्याण्ड राज्यका पर्यटन मन्त्री स्टर्लिंग हिन्चलिफले एक कार्यक्रम विच ब्रिसवेनको  फिट्जगिब्बन रियलस्टेटको कार्यालय उद्घाटन गरेका छन् ।

उद्धाटन गर्दै मन्त्री हिन्चलिफले बहुसांस्कृतिक समाज भएको ठाउमा मल्टिडाईनामिक जस्ता स्थानियहरुले संचालन गरेका व्यवसाय खोल्नु राम्रो भएको बताउदै आफ्नो तर्फबाट पनि सहयो गर्ने बताए । उनले वासको व्यवस्था व्यक्तिको जिवनमा महत्वपुर्ण भएकाले त्यस्तो सेवा मुलक व्यवसाय शुरु गरेकोमा बधाई ज्ञापन गरे । यस अगाडि उनले आगामी महिना अष्ट्रेलियाका आदिवासीहरुलाई थप अधिकार दिने उद्देश्य सहित हुन लागेको जनमत संग्रहको महत्व वारेमा प्रकाश पारेका थिए ।

अष्ट्रेलियाको मुख्य शहरहरुमा लामो समय देखि सेवा दिदै आएको रियलस्टेटले सेवाग्राहिहरुलाइ घर खरिद बिक्री तथा भाडामा लिने दिने काममा सहयोग गर्ने कम्पनीका कुइन्सल्याण्ड कार्यालयका डाईरेक्टर अशिम कोईरालाले बताए । कोइरालाले नेपाली लगायत सबै समुदायका व्यक्तिहरुलाई सेवा पुर्याउने उद्देश्य लिएको बताए ।  ब्रिसवेन नेपालीहरुको तेस्रो ठुलो जन संख्या भएको राज्य हो । यस रियलस्टेटको ब्रिसवेन सहित अष्ट्रेलियाको सिड्नीमा चार स्थान, मेलवर्न, क्यानवेरा एडिलेडमा कार्यालय रहेको छ ।

ब्रिसवेनमा २०३२ मा ओलम्पिक खेल हुदैछ । ओलम्पिकका कारणले घर जग्गाको व्यवसायमा उल्लेखनीय बृद्धि हुने अपेक्षा गरिएको शहर हो ।

उद्घाटन कार्यक्रममा एनआरएनएका अन्तराष्ट्रिय परिषद सदस्य डा. भरत राज पौडेल, ब्रेकन रिज वार्डका काउन्सिलर स्यान्डी ल्यान्डर्स, साउथ पोर्ट एमडी किशोर तिवारी, मल्टीडाइनामिकको सीईओ, एमडी मेघाराज पौडेल, मल्टिडायनामिक कर्पोरेट कार्यालयका निर्देशक विष्णु प्रभात, आना इन्घम, मल्टिडाइनामिक कुन्सल्याण्डका प्रिन्सिपल रमेश पौडेल तथा कम्पनीका मुख्य कार्यालयका प्रतिनिधि लगायत कुईन्सल्या्ण्डका  व्यवसायी तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १३:४३