नेप्सेमा दुई विकास ऋणपत्र सूचीकृत
७ असाेज, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ सूचीकृत भएको हो। यी ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन्।
विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्कासन भएको थियो। यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ। यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन्।
यसैगरी विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्कासन भएको थियो। यो ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।
प्रकाशित मिति : September 24, 2023 at 12:38 pm









