१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सरकार र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सहमति (सहमतिपत्र सहित)

१६ कात्तिक, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सहमति जुटेको छ ।

सिंहदरबारमा आज भएको छलफलमा सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । सहमति पछि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घका अध्यक्ष भुपाल रसाइलीले दैनिकीलार्इ जानकारी दिए ।

प्रवक्ता अधिकारीले गत भदौ ३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्रालय, विभाग, आयोगलगायत सबै तहमा कार्यरत अस्थायी, करार कर्मचारीलाई नहटाउने र लामो अवधि काम गरेका कर्मचारीलाई एकमुष्ठ रकम दिन सरकारसँग पहल गर्ने सहमति भएको छ ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले समन्वय गर्ने छ । सरकारले हटाएपछि उनीहरु मन्त्रालय अगाडि धर्ना बस्दै आएका थिए ।

प्रकाशित मिति : 22:05