७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

५ बैंकले घोषणा गरे लाभांश, १४ वाणिज्य बैंकको के छ तयारी ?

३१ भदाै,काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै लाभांशको सिजन चलिसकेको छ । योसँगै नेप्सेमा सूचिकृत विभिन्न कम्पनीले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । पछिल्लो केही दिन यता वाणिज्य बैंकहरूले पनि धमाधम लाभांश घोषणा गर्दैछन् ।

जसमध्ये हाल एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सनिमा बैंक र सिटिजन्स बैंकले लाभांश घोषणा गरिसकेका छन् । यी बैंकहरूले आर्थिक वर्ष २००७९/८० को मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने घोषणा गरिसकेका हुन् । वाणिज्य बैंकहरूमध्ये अब १४ बैंकले सेयरधनीका लागि वितरण गर्ने लाभांश घाेषणा गर्न बाँकी रहेकाे छ । बाँकी यी १४ वाणिज्य बैंकहरू पनि लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । यी बैंकहरूले करिब २ साताभित्र सेयरधनीका लागि लाभांश घाेषणा गर्ने तयारी गरेका छन् ।

एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भने सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगदा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १३:१७