२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

दुई कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

३१ भदाै, काठमाडाैं । दुई कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छन् । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएका हुन् । यी दुबै कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेका हुन्।

राप्ती हाइड्रोले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ भने दोर्दी खोलाले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात यी कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्नेछन्।

प्रकाशित मिति : 12:14