९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

सात बैंकले ब्याजदर बढाए, बाँकीको अवस्था के छ ?

३१ भदाै, काठमाडाैं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक नयाँ ब्याजदर अनुसार केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्।

हालसम्म प्रकाशित १७ वाणिज्यक बैंकहरुको ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने ६ बैंकहरुले घटाएका छन्। बाँकी ४ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोज महिनाका लागि हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन्। हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल, नबिल बैंकको मुद्धति निक्षेपतर्फको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको छ । संस्थागततर्फको ब्याजदर पनि ९ प्रतिशत माथि पुगेको छ ।

वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ।  यी दुबै बैंकहरुको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत रहेको छ।

प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । भने ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन्। जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार ०९:४९