सूर्यकुण्ड हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
२९ भदाै, काठमाडाैं । सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणलाई आईपीओ निष्काशन गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ।
आईपीओ निष्काशन गर्न कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।उक्त सम्झौतापत्रमा सूर्यकुण्ड हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक सुकुन्तलाल हिराचन र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।
प्रकाशित मिति : September 15, 2023 at 3:59 pm


