२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

गाडी व्यापारी सुरज वैद्य नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा तीन वर्षका लागि नियुक्त


–दुर्गा पुडासैनी

१६ कात्तिक, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा चर्चित गाडी व्यापारी सुरज वैद्यलार्इ तीन वर्षका लागि नियुक्त गरेका छन । प्रधानमन्त्री कारण नेपाल भ्रमण वर्षको काम रोकिएको भनेर व्यवसायीलार्इ बताउने गरेका मन्त्री अधिकारीले मन्त्रीस्तरीय निर्णयबाटै वैद्यलार्इ तीन वर्षका लागि संयोजकमा नियुक्त गरेका छन ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव घनश्याम उपाध्यायले जारी गरेको विज्ञप्ति अनुसार नेपाल भ्रमण वर्ष २०२० को कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकका रूपमा तीन वर्षका लागि नियुक्त गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका वैद्य टोयटा गाडीको नेपालको अाधिकारिक बिक्रेता वैद्य अर्गनाइजेनका अध्यक्ष समेत हुन । उनले पछिल्लो पटक केही होटलमा समेत लगानी गरेका छन ।

यो पनि पढ्नुहोस्

–भिजिट नेपाल २०२०ः कमिसनमा कुरा नमिल्दा संयोजक र सदस्य सचिवको नियुक्ति रोकियो

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १५:१५