‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु नेप्सेमा सूचीकृत
२७ भदाै, काठमाडाैं । लक्ष्मी सामूहिक कोषअन्तर्गत सञ्चालित हुने ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
नेप्सेमा यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ सूचीकृत भएको छ। नेप्सेले योजनाका इकाइहरु कारोबारका लागि ‘एलभीएफ२’ संकेत प्रदान गरेको छ। यो योजनाका इकाइहरु अब आइतबारबाट कारोबारमा आउनेछन्।
प्रकाशित मिति : 13:22









