१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय झण्डा ओढाएर सुवासलाई श्रद्धाञ्जली दिएकी निवर्तमान राष्ट्रपतिले आँशु थाम्न सकिनन्


२६ भदौ, काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभा अध्यक्ष समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छिन ।  अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरिर एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । श्रद्धाञ्जली अर्पण गरेर भण्डारी भावविव्हल बनिन् ।

उनले आफ्नो आँशु थाम्न सकिनन् । भण्डारीले रूमालले पटक पटक आँखा पुछ्दै सम्हालिने कोशिश गरिरहेको देखिन्थ्यो । अहिले पनि हजारौ शुभचिन्तकहरू नेम्वाङको पार्थिव शरिरमा श्रद्धाञ्जली दिइरहेका छन । एमालेले आज साँझ ५ बजेसम्म र भोलि दिउँसो १ बजेसम्म नेम्वाङको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राख्ने जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १५:४१