१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साेमबार बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


२५ भदाै, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य  तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ११:१०