१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तीज नजिकिँदै गर्दा घट्याे सुनकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ?


२४ भदाै, काठमाडाैं । तीज नजिकिदै गर्दा नेपाली बजारमा सुनकाे मूल्य घट्न थालेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार ११:१२