१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

पर्यटन प्रवर्द्धन लागि छनोट गरिएको गन्तव्यमा नुवाकोटको बेलकोगढी नगरपालिका पनि

१५ कात्तिक, काठमाडाैँ । सरकारले पर्यटन प्रवर्द्धन र विकासका लागि सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । जसमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको पनि एउटा गन्तव्य परेको छ ।

नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्ने उद्देश्यले सरकारले सय गन्तव्यको नाम सार्वजनिक गर्दा सूचीमा नुवाकोट बेलकोगढी सातलार्इ केन्द्रबिन्दु बनाएर एउटा सर्किटको घोषणा गरेको छ । जसमा कल्चेडी–झिल्केश्वर–देवीघाट–नुवाकोट भैरवी–दुप्चेश्वर सर्किट रहेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मन्त्रीस्तरीय निर्रणयबाट सय गन्त्वयको छनाेट गरेका हुन । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विभिन्न जिल्लाका एक सय वटा स्थान पहिचान गरिएको जानकारी दिँदै ती क्षेत्रमा पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको बताए ।

प्रकाशित मिति : 20:14