माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?
२२ भदाै, काठमाडाैं । माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय भएकाे छ । कम्पनीले भदौ १० गतेदेखि भदाै १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ भदौ २४ गते आइतबार बाँडफाँड हुने भएको छ । आइतबार आईपीओ बाँडफाँड गर्ने तयारी गरिएको तर समय भने तय नभएकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ ।
कम्पनीकाे आईपीओमा ९ लाख ८० हजार ५३ आवेदकबाट १ करोड ६ लाख ९५ हजार ३३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८.८७ गुणाले बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुने छ। गोलाप्रथाबाट बाँडफाँड हुँदा भाग्यमानी १ लाख २० हजार ५३२ जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको थियो।
कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा आईपीओ बिक्री खुला गरेको थियाे । सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता छुट्याएको थियो। बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
प्रकाशित मिति : 12:35









