२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा जम्मा

२२ भदाै, काठमाडाैं । एनआईसी एसिया डाइनामिक डेप्ट फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले भदौ १७ गतेबाटै इकाइधनीहरुको सम्बन्धित बैंक खातामा नगद लाभांश पठाउन सुरू गरेकाे हाे ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले आज एक सूचना प्रकाशित गरी उक्त योजनाको आर्थिक वर्ष २०७९/८०का लागि घोषित करसहित १० प्रतिशत नगद लाभांश इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको जानकारी दिएकाे छ । हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले अनुराेध गरेकाे छ ।

यस म्युचुअल फन्डको पुनः लगानीमा सहभागी हुन यसअघि नै आवेदन दिने सम्पूर्ण इकाइधनीहरुलाई सो योजनाअन्तर्गत प्राप्त थप इकाइ सम्बन्धित इकाइधनीको हितग्राही खातामा निकट भविष्यमा जम्मा गरिने पनि क्यापिटलले जनाएको छ।

प्रकाशित मिति : 09:52