११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

सुत्केरी भैँसी खोज्दै पनाैतीका मेयर गोठमा, पाडीको जन्मदर्ता गराएर सुत्केरी भए २० हजार भत्ता

१५ कात्तिक, काठमाडाैँ । जनचासो सम्बोधन नगरी स्थानीय तहहरूले कामै नगरेको भनेर अारोप लागिरहेको समयमा काभ्रेको पनाैती नगरपालिकाले एउटा रोचक कामको सुरूवात गरेको छ । पनाैती नगरपालिकाले ‘समृद्धिका लागि भैंसी संरक्षण’ अभियान सुरू गरेको छ ।   नगरपालिकाका मेयर भीम न्यौपाने सुत्केरी भैंसी खोज्दै किसानको गोठमा पुगेका छन ।

मेयर न्याैपाने सुत्केरी खर्च समेत बोकेर भैँसीको गोठमा पुगेको अन्नपूर्ण पोस्टमा काभ्रेबाट श्रीराम केसीले समाचार लेखेका छन ।  नगरापालिकाले भैंसीपालन गर्ने किसानलाई आकर्षित गर्ने उद्देश्यले भैंसीबाट जन्मिएका पाडापाडीको जन्मदर्ता गर्दै किसानलाई प्रोत्साहन गर्न सुत्केरी खर्च बोकेर गोठमै पुग्ने गरेका हुन् ।

तस्बीरः श्रीराम केसी/अन्नपूर्ण पोस्ट काभ्रे ।

किसानले भैंसी सुत्केरी भत्ता लिनका लागि अनिवार्य विमा गर्नुपर्ने प्रावधान नगरपालिकाले बनाएको छ। जसमा पाडीको जन्मदर्ता गरी त्यसको स्याहारसुसार गरेर सोही पाडी सुत्केरी भएमा २० हजार पालन पोषण भत्ता पाउने पनौती नगरका पशुपन्छी चिकित्सक मणी सापकोटाले बताए।

प्रकाशित मिति : November 1, 2018 at 4:22 pm