सुर्खेतमा २ लाख नगदसहित १३ जुवाडे पक्राउ
१५ कात्तिक, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ लाख नगदसहित १३ जना जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रहरीले जुवाखालबाट १५ हजार सात सय र जुवाडेहरूबाट एक लाख ६४ हजार चार सय ४० गरी जम्मा एक लाख ८० हजार नगद बरामद गरेको हो ।
सुर्खेतको लेकबेसी नगरपालिका– ४ दशरथपुरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले गएराति उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा लेकबेसी –३ का टोपबहादुर पौडेल, टीकाराम राना, सुरेन्द्र पौडेल, उमेष वली, अनुभव बस्नेत, विनोद शाही, अमर थापा, ललित सुनार, छवी पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्की रहेका छन् । पक्राउ परेका १३ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति : November 1, 2018 at 4:01 pm









