१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग सीआईबीले लियो बयान

१९ भदाै, काठमाडाैं । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि बोलाएर बयान लिइएको स्रोतले जनाएकाे छ ।

गत साउन ३ मा राजश्व अनुसन्धान विभागले हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । अहिलेसम्म प्रहरीले यस प्रकरणमा २७ जनालाई पक्राउ गरेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १४:४२