१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

विद्यावारिधि उपाधि प्राप्त २१ प्राध्यापक एकै स्थानमा सम्मानित

१४ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ रत्न राज्यलक्ष्मी क्याम्पस इकाईले २०७५ देखि २०८० सम्म विभिन्न विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि गर्ने २१ जना प्राध्यापनरत प्राध्यापकहरुलाई सम्मान प्रदान गरेको छ ।

संघले बुधबार गरेको कार्यक्रममा सम्मानित हुनेहरूमा विनोद मन्जन, श्रीराम पौडेल, रवीन्द्र न्यौपाने, रुद्र पौडेल, विष्णु ज्ञवाली, विदुला घिमिरे, गीता त्रिपाठी, छायादत्त न्यौपाने, हुकुम थापा, तोयानाथ उपाध्याय, राजकुमार गुरुङ, दिलनाथ दङ्गाल, वासुदेव ढुङ्गेल, श्रीराम न्यौपाने, पद्मकुमार अधिकारी, सुदीपकुमार श्रेष्ठ, कृपाराम विश्वकर्मा, उमा भण्डारी, भोलानाथ ढकाल, बुद्धिप्रसाद सापकोटा, नारायणप्रसाद गैरे रहेका छन ।

डा. विनोद मन्जनले अध्यक्षता गरेको कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा.जीवनधर ज्ञवालीले प्रमुख अतिथिको रूपमा विद्याबारिधी गरेकाहरूलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : August 31, 2023 at 6:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/